काठमाडौं । शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मत गणना सम्पन्न भएको छ । जसमा चन्द्र ढकालले किशोर प्रधानलाई पराजित गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले ६ सय ३३ मत पाएका हुन् भने किशोर प्रधानले ४६६ मत पाएका छन्। बाँकि सबै उपाध्यक्षको मतगणना भइसकेकोमा एशोसिएट, वस्तुगत र जिल्ला नगर तर्फको वरिष्ठ उपाध्यक्षको नतिजा चन्द्र ढकालको पक्षमा आएको हो ।
वरिष्ठ उपाध्यक्षको मतगणनामा एशोसिएट तर्फ ३० प्रतिशत मत रहेकोमा चन्द्र ढकालले प्रतिष्पर्धी किशोर प्रधानलाई १४८ मतान्तरले पछाडि पारेका थिए । यसरी एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले कुल खसेको मतको ५८.०६४ प्रतिशत मत पाएका हुन् भने प्रधानले ४१.६० प्रतिशत मत पाएका हुन् । ०.२२२ प्रतिशत मत भने बदर भएको छ ।
त्यस्तै २० प्रतिशत भार रहेको वस्तुगत तर्फ पनि चन्द्र ढकालले नै बाजी मारेका छन् । वस्तुगत तर्फको कुल १०१ भोट खसेकोमा ३ भोट बदर भएको थियो जसमा ढकालले ५९ र प्रधानले ३९ भोट पाएका थिए । यसमा पनि ढकालले प्रधानलाई २० भोटले पराजित गरेका थिए ।
त्यस्तै ५० प्रतिशत मतभार बोकेको जिल्ला नगर तर्फ किशोर प्रधानले १ मतले चन्द्र ढकाललाई हराए पनि अन्तिम नतिजा भने चन्द्र ढकालकै पक्षमा रहेको थियो ।
ढकालले ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफ्ना प्रत्यासी किशोर प्रधानभन्दा १ मत मात्र काम पाए । तर पनि ३० प्रतिशत मतभार रहेको एशोसिएट र २० प्रतिशत मतभार रहेको वस्तुगततर्फ भने प्रधानलाई फराकिलो अन्तरले पछारे पछि उनी सहजै वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
यो मतगणनासँगै चन्द्र ढकाल महासंघका वरिष्ठ उपाध्यक्ष बनेका छन् । योसँगै चन्द्र ढकाल ३ वर्ष पछि स्वतः महासंघको अध्यक्ष बन्ने बाटो खुला भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया