जिल्ला नगरअन्तर्गतको नतिजा पनि चन्द्र ढकालकै पोल्टामा, बने महासंघको वरिष्ठ उपाध्यक्ष

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले जिल्ला नगरअन्तर्गतको नतिजा पनि आफ्नै पोल्टामा पार्न सफल भएका छन् । जिल्ला नगरअन्तर्गत रहेका कुल १०५ भोटरमध्ये ५२ जनाको भोट ढकालले पाएका हुन् प्रधानले ५३ जनाको भोट पाएका हुन् ।

एशोसिएट तर्फ ढकालले ५२२, वस्तुगत तर्फ ५९ र जिल्लनगर तर्फ ५२ गरि कुल ६३३ भोट पाए भने प्रधानले एशोसिएट तर्फ ३७४, वस्तुगत तर्फ ३९ र जिल्ला नगरतर्फ ५३ गरि कुल ४६६ भोट पाएका हुन् ।

वस्तुगत तर्फ भने कुल १०१ भोट खसेकोमा ३ भोट बदर भएको थियो जसमा ढकालले ५९ र प्रधानले ३९ भोट पाएका छन् ।

यसमा पनि ढकालले प्रधानलाई २० भोटले पराजित गरेका छन् ।

त्यस्तै एशोसिएट तर्फ ३० प्रतिशत भोटमा ढकालले ५२२ मत पाएका छन् भने प्रधानले ३७४ मत पाएका हुन् । उनले प्रतिष्पर्धी किशोर प्रधानलाई एशोसिएट तर्फ १४८ मतान्तरले पछाडि पारेका हुन् । एउटा भोट भने बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?