काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले वस्तुगत तर्फ पनि बाजी मारेका छन् ।
वस्तुगत तर्फको कुल १०१ भोट खसेकोमा ३ भोट बदर भएको थियो जसमा ढकालले ५९ र प्रधानले ३९ भोट पाएका छन् ।
यसमा पनि ढकालले प्रधानलाई २० भोटले पराजित गरेका छन् । अहिलेसम्म एशोसिएट तर्फ ३० प्रतिशत भोटमा ढकालले ५२२ मत पाएका छन् भने प्रधानले ३७४ मत पाएका छन् ।
उनले प्रतिष्पर्धी किशोर प्रधानलाई एशोसिएट तर्फ १४८ मतान्तरले पछाडि पारेका हुन् । अझै जिल्ला नगर तर्फ ५० प्रतिशत मत गणना बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया