एशोसिएट तर्फको नतिजा चन्द्र ढकालको पोल्टामा

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले एशोसिएटको वरिष्ठ उपाध्यक्षमा बाजी मारेका छन् ।

उनले प्रतिष्पर्धी किशोर प्रधानलाई एशोसिएट तर्फ १४८ मतान्तरले पछाडि पारेका हुन् ।

यो बाहेक पनि वस्तुगत तर्फ २० प्रतिशत र जिल्ला नगर तर्फ ५० प्रतिशत मत गणना बाँकी रहेको छ ।

एशोसिएट तर्फको ३० प्रतिशत मत गणनामा भने चन्द्र ढकालले ५२२ मत पाए भने किशोर प्रधानले ३७४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?