एशोसिएट तर्फको मतगणना जारी : हालसम्म कसलाई कति भोट ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ चुनावको नतिजा आउने क्रम जारी रहेको छ ।

वस्तुगत र जिल्ला नगर तर्फको मत गणना सम्पन्न भइसकेको छ ।

जसमा दुवै उपाध्यक्ष किशोर प्यानलका उम्मेद्वारले जितेका छन् । वस्तुगत तर्फ अञ्जन श्रेष्ठ विजयी भएका छन् भने जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले बाजी मारेका छन् ।

त्यस्तै एशोसिएट तर्फ चन्द्र ढकाल प्यानलबाट रामचन्द्र सांघाई उम्मेद्वार रहेका छन् भने किशोर प्रधान प्यानलबाट शौरभ ज्योती उम्मेद्वार रहेका छन् । जसको मतगणना चलिरहेको छ ।

अध्यावधिक विवरण अनुसार हालसम्म २०० मत गनिएकोमा १११ मत शौरभ ज्योतीले पाएका छन् भने रामचन्द्र सांघाईले ८९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?