विवाह भईरहेको ठाउँमा ढलेका दुलहालाई जब जुत्ता सुँघाइयो…

काठमाडौं । भारतको छत्तिसगढ स्थित मेन्डका डबरा मैदानमा आइतवार ३०० जोडीहरुको सामुहिक विवाह समा्रोह आयोजना गरिएको थियो ।

त्यहि विवाह समारोहमा एक दुलहालाई ‘एपीलेप्सी’ रोगले सतायो र उनी त्यहिँ बेहोस हुन पुगे । दुलहाको मुखबाट फिँज निस्किएको देखेपछि महिला एवम् बाविकास विभागका अफिसर बीएस ठाकुरले जुत्ता निकाले ।

साथै तत्कालै अपर कलेक्टर अभिषेक अग्रवालले दुलहालाई जुत्ता सुँघाए । तर केहि समयपछि भने एमडी मेडिसन डाक्टर खिलेश्वर सिंहले बुधराम नाम गरेका ति दुलहालाई अस्पताल लिएर गए ।

उनले अस्पताल लगेर उपचार गरेपछि अझैसम्म मानिसहरुको अन्धविश्वास हटेको छैन भन्ने कुरा स्पष्ट भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?