सह गोत्रीसँग किन विवाह गर्नु हुँदैन ? यस्तो छ कारण

काठमाडौं । हिन्दू धर्मले एउटै गोत्रमा विवाह गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले नै जोड्ने काम गर्छ ।

विवाहमा गोत्रमिलाउन अत्यन्त आवश्यक रहेको हुन्छ । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान हामी हौं । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् ।

हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ ।

एकै गोत्रका स्त्री पुरुष भाइबहिनी हुन्, उनीहरूका बीच विवाह हुनु हाडनाताको करणी हो ।

कुन गोत्र कोसँग विवाह गर्ने भन्ने विषयमा फरक मान्यता छन् । हिन्दू धर्मका अनुसार मानिसले तीन गोत्र छोडेर विवाह गर्नुपर्छ, आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र ।

सहगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?