म्याराडोनाको शवसँगै सेल्फी खिच्‍ने तीन कर्मचारी बर्खास्त, आयो ज्यान मार्ने धम्की

काठमाडौं । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको पार्थिव शरिरसँगै फोटो खिच्‍ने तीन अर्जेन्टिनी कर्मचारी कामबाट निकालिएका छन् ।

सेल्फी खिचेको भन्दै उनीहरुलाई ज्यान मार्ने धम्की समेत आएको अन्तर्रागिट्रय सञ्चारमाध्यमहरुले बताएका छन् ।

गत बुधवार हृदयघातका कारण निधन भएका म्याराडोनाको दाहसंस्कारको तयारी गरिरहँदा दाहसंस्कार गृहका तीन कर्मचारीले उनको शवको छेउमा गएर फोटो खिचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?