काठमाडौं । शनिवार भएको महासंघको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।
जसमा किशोर प्रधान प्यानलका वस्तुगत र जिल्ला नगरका उपाध्यक्ष विजयी भइसकेका छन् । वस्तुगततर्फ चन्द्र ढकालको प्यानलका उम्मेद्वार उमेशलाल श्रेष्ठलाई हराउँदै किशोर प्रधान प्यानलका उम्मेद्वार अञ्जन श्रेष्ठ विजयी भएका हुन् ।
त्यस्तै जिल्ला नगर तर्फ चन्द्र ढकालको प्यानलका उम्मेद्वार गुणनिधि तिवारीलाई हराउँदै किशोर प्रधान प्यानलका उम्मेद्वार दिनेश श्रेष्ठले जित हात पारेका छन् । अहिले भने एशोसिएट तर्फको मत गणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया