काठमाडौं । महासंघको जारी मत गणनामा किशोर प्रधान प्यानलको अग्रता देखिएको छ । जसमा जिल्ला नगरतर्फको मतगणनामा किशोर प्रधान समूहका दिनेश श्रेष्ठ विजयी भएका छन् ।
दिनेशले ५८ मत पाउँदा उनका प्रतिस्पर्धी चन्द्र ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत मात्र पाएका छन् ।
यसअघि वस्तुगत समूहमा किशोर समूहकै अन्जन श्रेष्ठले भारी मतअन्तरले उपाध्यक्ष जित्न सफल भएका थिए ।
२ विधामा किशोर समूहका उम्मेदुवारको वर्चस्व रहेकोमा एशोसिएट तर्फ पनि किशोर समूहले नै हात पार्नसक्ने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया