नुवाकोटका राजन श्रेष्ठ महासंघको केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरतर्फको (खुल्ला) केन्द्रीय सदस्यमा नुवाकोटका राजन श्रेष्ठ विजयी भएका छन् ।

शनिवार राति सम्पन्न मतगणनामा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

उनी नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् भने उनी नुवाकोटको व्यवसायिक क्षेत्रका परिचित अनुहार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?