प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने गरी सुदृढ गरेर समृद्धिको बाटामा अगाडि बढेको मुलुक नयाँ जनप्रतिनिधिलाई हस्तान्तरण गरेर बिदा हुने आफ्नो इच्छा रहेको बताए ।
“सबैलाई कम्युनिष्ट हुनुको गौरवबोध गर्ने, ठाडो शिर लगाएर रातो झण्डा बोकेर हिँड्ने अवस्था सिर्जना गर्ने इच्छा छ ”, उनले बैठकमा भने, “ मेरा लागि नेपाल राष्ट्र, नेपाली जनता, नेपालको विकास, नेपालीको सुखभन्दा माथि केही छैन ।
यी महान् कार्यहरु सम्पन्न गर्न प्रगतिशील आन्दोलन र हाम्रो दललाई सफल बनाउने मेरो अठोट छ ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया