गलकोट । बागलुङको बडिगाड गाउँपालिका–२ स्थित लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । ललितपुर घर भई गलकोट आउनुभएका किरात लामाले चलाउँदै आएको ध१प २६०७ नंको मोटरसाइकल दुर्घटना हुँदा लामा गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते लामाको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । लामाको टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेको छ । मोटरसाइकलमा दुई जना सवार भए पनि एक जना सकुसल भएको प्रहरीको भनाइ छ । मोटरसाइकल ६० मिटर तल खसेको छ ।
एक लाखसहित तीन जुवाडे पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले आज नगदसहित तीन जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बागलुङ नगरपालिका–२ हाडेपाखास्थित चन्द्रप्रसाद गैरेको घरमा जुवातास खेलिरहेको भन्ने सुराकीका आधारमा तीन जनालाई नगदसहित पक्राउ गरेको हो ।
एक लाख १७ हजार नगदसहित बागलुङ नगरपालिकाका तेजबहादुर केसी, सोही स्थानका यमबहादुर केसी र बागलुङ नगरपालिका–४ का तेजनाथ उपाध्यालाई तीन थान ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया