महासंघ निर्वाचन : वस्तुगत तर्फको मतगणना सकियो, को-कसले मारे बाजी ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि शनिवार भएको निर्वाचनमा वस्तुगत सदस्यतर्फको मत गणना सकिएको छ ।

खसेको कुल १०५ मतमध्ये २ वटा मत बदर भएको थियो भने सदर १०३ मतका आधारमा चन्द्र ढकाल प्यानलका वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधान समूहबाट सात जना सदस्यमा विजयी भएका छन् ।

यस्तै, किशोर प्रधान प्यानलका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ समूहबाट पनि सातै जना सदस्यमा आएका हुन् ।

वस्तुगत सदस्यतर्फ नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, सुकुन्तलाल हिराचन, हेमराज ढकाल, सुवोध कुमार गुप्ता, गोविन्द ढुंगेल, विष्णु प्रसाद गैरे, सन्दिप कुमार अग्रवाल र आकाश अधिकारी विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?