रसुवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिणी रसुवामा निर्माण भएको सुन्धरा माविको भवन उद्घाटन गरेका छन् । भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत जापानी सहयोग नियोग (जाइका) को करिब चार करोड सहयोगमा निर्माण भएको विद्यालय भवनको आज मन्त्री पोखरेलले उद्घाटन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइँकेलले जानकारी दिए । नयाँ निर्माण गरिएका भवनमा नौ वटा कोठा छन् ।
सो अवसरमा मन्त्री पोखरेलले आवश्यक पूर्वाधारसहित रसुवामा प्राविधिक शिक्षालय खोल्न आफूले पहल गर्ने आश्वासन दिएको अध्यक्ष कुइँकेलले बताए । उनले कालिका क्याम्पस कालिकास्थान र बच्छलादेवी आधारभूत विद्यालय बेतीनीको अवलोकन गरेका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया