काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा महिला २५८ र पुरुष ३६० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार जानकारी दिएको छ ।
यससँगै काठमाडौंमा कुल संक्रमित ८६ हजार ८५६ जना पुगेकोमा हाल ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै भक्तपुरमा कुल संक्रमित ७ हजार १०४ जना रहेकामा सक्रिय संक्रमित ६३२ जना रहेका छन् भने ललितपुरमा कुल संक्रमित १३ हजार ८८ जना रहेकोमा हाल सक्रिय संक्रमित १६ सय २६ जना रहेका छन् ।
बितेको २४ घण्टामा देशभर भने १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया