काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले गरिएको भन्दै ओलीमाथि हमला गरेका छन् ।
शनिवारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन् । ‘यहाँ पनि तपाइको दम्भ, घमण्ड र अहंताले काम गरेको छ ।
अझैपनि तपाई राजनीतिक बहसमा आउन चहिरहनुभएको छैन’, प्रचण्डको भनाई उधृत गर्दै एक सचिवालय सदस्यले भने, ‘पार्टी फुटाउने भनेर जुन दोषरोपण गर्नुभयो त्यो काम अर्थात पार्टी फुटाउने काम हामीले होइन बरु पार्टी फुटाउन तपाईले शुरु गर्नुभएको हो । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया