नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ११ हजार भन्दा धेरै

काठमाडौं । नेपलमा पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै, नेपलमा कोरोना संक्रमण मुक्तहुनेको संख्या २ लाख ११ हजार १ सय ८६ जना पुगेको छ ।

यसैबिच, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४५४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८हजार ८३ रहेको छ । अहिलेसम्म नेपालमा १७ लाख १९ हजार८२६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६१८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?