नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा पछिल्लो ४ घण्टामा १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४५४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१५ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८हजार ८३ रहेको छ ।
अहिलेसम्म नेपालमा १७ लाख १९ हजार८२६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६१८ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया