नेकपा सचिवालय बैठक सकियो, ओलीको छुट्टै प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । मंसिर १६ गते १ बजे बस्ने गरि बैठक सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै प्रस्ताव ल्याएका छन् ।

अब दुबै प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अध्ययक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । अर्को सचिवालय बैठक मंसिर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?