काठमाडौं । रगत अभावले कुनै पनि मानिसले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले रक्तदान कार्यक्रम गरेको छ ।
कोरोना महामारीमा रगतको अभावले कसैलेपनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले समितिले आज काठमाडौंमा रक्तदान कार्यक्रम गरेको हो । सम्पर्क समितिका सभापति बाबुराम आचार्यले शनिवार (आज) विहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
समितिले कोरोना माहामारीको चपेटाका कारण संक्रमण भएका काठमाडौं बस्ने सुनसरीबासीलाई हर्लिक्स, च्यावनप्रासलगायतका मनोवल बढ्ने सामाग्री सहयोग गरिरहेको छ । यस्तै माक्स, स्यानिटाईजर, लगायतका स्वास्थ्य सामाग्री पनि समितिले सहयोग गरिरहेको छ । कार्यक्रम कोरोना माहामारीका कारण सामाजिक दुरी कायम गर्दै सबै किशिमका स्वास्थ्य मापदण्ड कायम गरी आयोजना गरिएको गरिने आयोजकले बताएको छ । रक्तदानसँगै कोरोना भाईरस सम्बन्धी जनचेतना जगाउने तथा दशैं तिहार छठको चियापान कार्यक्रम समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया