नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी सचिवालय बैठक शुरू भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ । पार्टीभित्र चलिरहेको पछिल्लो विवाद समाधानमा बैठक केन्द्रित रहने बताइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेश गरेपछि उत्कर्षमा पुगेको विवद साम्य गर्नका लागि बैठक बसेको हो।
आजको बैठकमा प्रचण्डको प्रस्तावको जवाफसहितको प्रतिवेदन अध्यक्ष ओलीले पेश गर्नेछन् । प्रचण्डले लगाएको आरोपको तयारीका लागि भन्दै प्रधानमन्त्रीले १० दिनको समय माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया