सरकार नै भ्रष्टाचारीको संरक्षक : सभापति शाह

बुटवल । प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकार नै एकपक्षिय बन्दा भ्रष्टाचारीहरु कारबाहिमा नपरेको बताएका छन् ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शाहले भने- ‘प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेका छन्, गोकुल बास्कोटाको कारबाहि रोकेर अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउने ओलीले नै दबाब दिएका छन् । ’
‘सरकारले अरुलाइ काम गर्न दिन्न,सरकारसंग पैसा,शक्ति,पुलिस आर्मी,प्रशासन छ,यसले नियुक्ति पनि त्यहिबाट हुने भएकाले दबाब दिएपछि कसरी कारबाहि हुन्छ ?’

सरकारले संसारभरको लोकतन्त्रको मूल्य र मान्यता बिर्सिएको उनले आरोप लगाए ।

सरकारको ध्यान भ्रष्टाचार गर्ने बाहेक अरु नदेखिएको भन्दै सभापति शाहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको आरोप लगाए ।

शाहले नेकपाभित्रको आन्तरिक द्वन्द्व र सरकारको भ्रष्टचारका कारण देश बर्बादीको दिशामा गएको समेत धारणा राखे । नेकपाका लफडा राष्ट्रिय मुद्दामा नभई पदीय लडाइ ,भ्रष्टाचारमा भागबण्डा नभएको कारण रहेको दाबि गरे ।

कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताए । उनले नेकपा नफुटोस् भनेर कामना समेत गरे ।

प्रदेशको राजधानी बुटवलबाट सार्न नेकपा महासचिव विष्णु पौडेलले मौन समर्थन गरेको भन्दै शाहले तर फेरि अहिले पौडेलले बुटवलमा खुद्रा बिकासे आयोजना देखाएर जनतालाइ लली पप देखाएको आरोप लगाए ।

‘करिडोर,सडक ,खानेपानी शिलान्यास,स्कुल उद्घाटन गरेर बुटवलका जनताको मन जित्न अब नेकपाले नसक्ने भन्दै जनताको राजधानी सारेपछि बुटवलका रुपन्देहीका जनताको मन दुखेको छ । उनले भने ।

राजधानी सारिएकोमा खेद व्यक्त गर्दछु ,फुटकर बिकासको विषय देखाएर राजधानी साट्न सकिदैन । ’ साक्षात्कार काार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?