१३ असार २०७९, सोमवार

दुर्घटनामा युवकको मृत्यु

२०७४,आश्विन,१४,शनिवार ०२:२१

0
Shares

 मोरङ, १४ असोज- मोरङको उर्लाबारी–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्पु दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।पूर्वबाट पश्चिम जाँदै गरेको को १ ह ९७२५ नम्बरको अटो ट्याम्पु आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार उर्लाबारी–२ का १८ वर्षीय ग्यालजङ तामाङको मृत्यु भएको हो ।राति ९ः३० बजे भएको दुर्घटनामा परेर गम्भीर घाईते तामाङको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा ९ः५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।दुर्घटनामा ट्याम्पुमा सवार सोही ठाउँका १८ वर्षीय सुशन ओझा, २१ वर्षीय सुजन ढकाल र २१ वर्षकै प्रशान्त अधिकारी घाइते भएकाले उनीहरुको अरनिको अस्पतालमै उपचार भइरहेको छ ।दुर्घटनापछि ट्याम्पु चालक उर्लाबारी–३ का ४८ वर्षीय भीमराज खड्का फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार ०२:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ब्राउनसुगरसहित

ताजा समाचार