काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा मुख्यमन्त्री समेत रहेका नेता शंकर पोखरेलले दुबै अध्यक्षका प्रतिवेदन एकीकृत गर्नुपर्ने बताएका छन् ।
उनले शनिवार सामाजिक सञ्जालमार्फत् दुबै अध्यक्षका प्रतिवेदन एकीकृत गर्नुपर्ने बताएका हुन् ।
साथै उनले पार्टी एकता रक्षाका दुबै प्रतिवेदन स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर हुनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म फेरि पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकिकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया