यसरी हुँदैछ उद्योग वाणिज्य महासंघको निर्वाचन (फोटोहरु हेर्नुहोस्)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ ।

बिहान ८ बजेबाट शुरु हुने भनिएको मतदान केहि ढिला गरि शुरु भएको हो ।

महासंघको चुनाबका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ।

जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान भइरहेको छ ।

कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?