सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली लेग स्पिनर बलर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।

उनले शनिवार बिहान सामाजिक सञ्जाल ट्वीटरबाट यसको जानकारी दिएका हुन् ।

अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले उल्लेख गरेका छन् ।

सन्दीपले ट्वीटमा लेखेका छन्, ‘सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईहरुको प्रार्थनामा मेरा लागि पनि स्वास्थ्य लाभको कामना गरिदनु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?