युवासँग बाबुराम भट्टराईको आग्रह : ‘गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताएका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भर्न युवाहरुलाई सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘युवासंग आग्रह(गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ !अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौंसनकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्१अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं ! दुबैसॅग लडेर अघिजाने साहस गरौं !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?