महत्वपूर्ण मानिएको नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पार्टीभित्र चलिरहेको पछिल्लो विवाद समाधानमा बैठक केन्द्रित रहने बताइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेश गरेपछि उत्कर्षमा पुगेको विवद साम्य गर्नका लागि बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रचण्डको प्रस्तावको जवाफसहितको प्रतिवेदन अध्यक्ष ओलीले पेश गर्नेछन् । प्रचण्डले लगाएको आरोपको तयारीका लागि भन्दै प्रधानमन्त्रीले १० दिनको समय माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?