कास्की । पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा गोपी भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका हुन् ।
त्यसैगरी सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका छन् । बाँकी दुई सदस्य कार्यसमितिले चयन गर्ने जनाइएको छ । परिषद्मा पोखराका पर्यटन क्षेत्रसँग सम्बद्ध १२ वटा संस्था आबद्ध छन् ।
निर्वाचित भएसँगै अध्यक्ष भट्टराईले कोरोना महामारीले अस्तव्यस्त बनेको पोखराको पर्यटनलाई चलायमान बनाउन परिषद् सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए । कठिन अवस्थामा प्राप्त जिम्मेवारीलाई चुनौतीसँगै अवसरका रुपमा लिँदै पोखराको पर्यटन विकासका लागि तीनै तहका सरकारसँग समन्वय गरी नयाँ खोज र सोचका साथ अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गरे । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया