चिसोयाममा कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् । चिसोमा आरएनए भाइरस वृद्घि हुन सक्ने भएकाले नियमित रूपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरी र हातको सरसफाइमा ध्यान दिन उनीहरूको सुझाव छ ।
नेपालमा कोरोनाको पहिलो लहर नसकिँदै दोस्रो लहरमा संक्रमण बढ्न सक्ने उनीहरूको विश्लेषण छ ।
‘नेपाल र उत्तरी भारतमा दोस्रो लहर जाडोयाममा आउन सक्ने उच्च सम्भावना छ । युरोपमा आगामी वर्ष तेस्रो लहर आउने जोखिम औंल्याइँदै छ,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘अहिले मुलुकमा देखिएको पहिलो लहर घटेर तल पुगेको छैन तर डिसेम्बरदेखि फेब्रुअरीसम्म दोस्रो लहर आउने सम्भावना उच्च छ ।’
नेपालमा सुरुवाती अवस्थामा क्वारेन्टाइनमा रहेका र विदेशबाट आएकाहरूमा आयातित संक्रमण थियो । हाल कोरोनाको पहिलो लहर आएर संक्रमण विस्तार भइरहेको विज्ञ बताउँछन् । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया