रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

प्राप्त जानकारीका अनुसार आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप शुक्रवार राति साँढे ८ बजे दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको हो । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् ।

रोकेर यात्रु ओरालिरहेको गाडी एक्कासी पछि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?