प्रदेश नं १ मा २२० कोरोना संक्रमित थप

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ९११ जनाको पीसीआर परीक्षणमा ८९ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमा झापामा ८४, मोरङमा ७२ मध्ये विराटनगरमा ४४, सुनसरीमा ३५, सङ्खुवासभामा १०, इलाममा छ, खोटाङमा दुई, उदयपुर र धनकुटामा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेका छन् । प्रदेशमा संक्रमितको सङ्ख्या २६ हजार ६७९ पुगेको छ । प्रदेशमा आज १८८ संक्रमित होम आइसोलेसन र विभिन्न अस्पतालबाट निको भएर घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २१ हजार ६७९ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ८८ हजार ७२९ जनाको पीसीआर परीक्षण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?