आगलागी हुँदा पाँच लाखको क्षति

डोटी । आगलागी हुँदा जिल्लाको सायल गाउँपालिका–६ का लालबहादुर खड्काको घर पूर्णरुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार चिसो बढेपछि घरको आगनमा शुक्रबार साँझ बालिएको आगो हावाले छानामा पुर्याएपछि आगो सल्किएको थियो ।

आगलागीबाट पाँच लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्रहरी चौकी सायल देवरमाण्डौका टोली तथा स्थानीयवासीद्वारा सो आगो नियन्त्रणमा लिएको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?