काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोईरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाको आज बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षका उमेरमा निधन भएको हो ।
सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै उहाँमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । कोईराला मोरङ, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवारसमेत थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया