अदालतको फैसला पछि कंगनाले भनिन् : ‘धन्यवाद, जो मेरो सपना टुट्दा हाँसे’

काठमाडौं । बम्बे हाईकोर्टले सात र नौ सेप्टेम्बरमा अभिनेत्री कंगना रनौतविरुद्ध बृह्न्मुम्बई महानगरपालिकाद्वारा जारी गरेको नोटिस खारेज गरेको ।

अदालतले कंगनाको कार्यालयमाथि भएको तोडफोड दुर्भावनापूर्ण भएको बताएको छ । न्यायालयले तोडफोडको नोक्शान भएको खर्च व्यहोरिदिन आदेश समेत दिएको छ ।

कंगना रणौत

अदालतको यो फैसलापछि अभिनेत्री कंगनाले सोसल मिडियामा रिएक्शन दिएकी छन् ।

उनले ट्वीट गर्दै भनेकी छन्, ‘कोहि पनि मानिस सरकारविरुद्ध खडा भएर जित्छ भने त्यो जित एक मानिसको मात्रै हुँदैन, बरु सारा लोकतन्त्रकै हुन्छ । मेरो हौसला बढाउने सबैलाई धन्यवाद, जो मेरो सपना टुट्दा हाँसेका थिए उनीहरुलाई पनि । किनभने तपाईहरु भिलेनको जसरी काम गरिरहनु भएको थियो तर म हिरो बनिदिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?