१ डिसेम्बरमा मन्दिरमा विवाह गर्दै आदित्य नारायण

काठमाडौं । चर्चित गायक उदित नारायणका छोरा आदित्य नारायणले १ डिसेम्बरमा विवाह गर्ने भएका छन् । उनले प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरुसँगको अन्तर्वार्ताका क्रममा उनले यसको जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएक छन् ।

उनी क्लोज फेमिली मेम्बरसँग मात्र रहेर विवाह गर्न लागेको बताएका छन् । विवाह एक मन्दिरमा गरिने पनि उनले जानकारी दिएका छन् ।

विवाहमा कोरोनाका कारण ५० भन्दा धेरै मानिस उपस्थित हुन दिइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?