ट्रम्प अभियानका ३० भन्दा धेरै मुद्दा खारेज

काठमाडौं । सामान्य रुपमा जज धेरै शान्त र आफ्नो निर्णयमा भावनालाई टाढै राख्छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियान र उनका समर्थकको तर्फबाट चुनाव २०२० लाई दिइएको चुनौतिका करिव तीन दर्जन मुद्दा यो हप्तामा मात्रै आरेज गर्दै जजले आफ्नो धैर्यता बिर्सिएको देख्न सकिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप (फाइल फोटो)

पेन्सिलवेनियामा १० अक्टोबर पश्चिमी जिल्लाका जज जे निकोलस रञ्जनले ड्रम्प बक्स मतविरुद्ध दर्ता भएका मुद्दा खारेज गर्दै भने, ‘सायद यो तपाईको सुझाव सही होला, तर एक गैरनिर्वाचित संघीय जजको काम चुनाव सुधार सुझाउने हुँदैन । विशेष गरेर जब चुनाव सुधार लोकतान्त्रिक तरीकाबाट निर्वाचित अधिकारीहरुको निर्णयसँग जोडिएको हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?