नेपालमा कोरोना : १७ सय संक्रमित थपिँदा १२ सय संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ६७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४३५ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

अहिलेसम्म नेपालमा १७ लाख १० हजार ४६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६०१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?