क्रिकेटर मोहम्मद शमीकी पूर्व-पत्नीलाई धम्की दिने पक्राउ

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टीमका तीव्र गतिका बलर मोहम्मद शमीकी पूर्वपत्नी हसिन जहाँलाई धम्की आएको छ ।

उनलाई धम्की दिने २५ वर्षीय आरोपीलाई प्रहरीले पक्राउ समेत गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनलाई फोनमा २ महिना यता ति व्यक्तिले मोबाइल नम्बर र फोटोहरु अश्लिल वेबसाइटमा राखिदिन्छु भन्दै पैसा मागेका थिए ।

हसीन र शमीबीच सम्बन्ध बिच्छेद भईसकेको छ । शमीमाथि उनले म्याच फिक्सिङ र शारीरिक उत्पीडनको केस दर्ता गरेकी थिइन् । त्यो केस भने चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?