रोल्पा । मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पा गंगादेव गाउँपालिका-४ डलसिङगे बस्ने ३४ वर्षीय कृष्ण वली रहेका छन् ।
सल्यान बागचौर नगरपालिका(१२ दर्गामा गत कात्तिक २० गते रा.३ प ३२७२ नम्बरको मोटरसाइकलमा तोडफोड एवं आगजनी गरी फरार रहेका कृष्णलाई रुकुम पूर्व उत्तरगंगा गाउँपालिका(१० तक्सेराबाट प्रहरीले पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया