प्रत्येक शुक्रवार फुङ्लिङ बजार बन्द

फुङ्लिङ । प्रत्येक शुक्रवार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ ।

चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रवारदेखि खुला भएको बजार फेरि साप्ताहिक रुपमा बन्द हुने छ ।

दशैँ–तिहार–छठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले साप्ताहिक बजार खुलाएको थियो । “अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द हुनेछ”,सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले बताए ।

सङ्घले चिसो मौसम शुरु भएकाले विभिन्न किसिमका सङ्क्रमणविरुद्ध विशेष सावधानी अपनाउन समुदायका सदस्यलाई आग्रह गरेको छ । वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले चिसो मौसम शुरु भएकाले रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या देखापर्ने भएको सोविरुद्ध विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटनासमेत हुने भएकाले सतर्क र संवेदनशील रहन पनि आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?