कंगनालाई क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको पाली हिलमा रहेको भवन भत्काएको सम्बन्धी हाईकोर्टले आफ्नो फैसला सुनाएको छ ।

बम्बे हाईकोर्टको फैसलाका अनुसार कंगनालाई नोक्शान पुर्याउन यस्तो गरिएको बताइएको छ । कोर्टले कंगनालाई धम्काउनको लागि यो सबै गरेको बताएको छ । बीएमसीको यो कार्य ठीक नभएको कोर्टले बताएको हो ।

कंगना रनौत

कोर्टले यो कंगनालाई धम्क्याउन मात्र गरेकोले त्यसको नोक्शानको हिसाबकिताब गर्न बीएमसीलाई भनेको छ । जति क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्न समेत अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?