भारतीय विदेश सचिव श्रृंगलाले भने- ‘घनिष्ट मित्रको रुपमा सँगै काम गर्नुपर्छ’

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल भारत घनिष्ठ मित्रका रुपमा सँगै काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

शुक्रवार एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले गरेको कार्यक्रममा श्रृंगलाले त्यस्तो बताएका हुन् ।

त्यस्तै दुई देशको सम्बन्ध सधै सहकार्यमूखी हुनुपर्नेमा श्रृंगलाले जोड दिएका छन् । “नेपाल र भारतका पुस्ताप्रति हामी जवाफदेही छौं । घनिष्ट मित्रको रुपमा सँगै काम गर्नुपर्छ”, उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

त्यस्तै कोरोना महामारीबाट विश्व जुधिरहेको अवस्थामा नेपाल भारत मित्र राष्ट्र भएकाले एकजुट भएर लढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । भारतले खोपका लागि काम गरिरहेकाले नेपाललाई पनि कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता दोहोर्याएका छन् । यसअघि बिहीवार उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको भेटघाटमा पनि उक्त प्रतिवद्धता व्यक्त गरेका थिए ।

बिहीवार काठमाडौं आइपुगेको श्रृंगलाले हिजो नै राष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरिसकेका छन् भने आज केही कार्यक्रमहरुमा उपस्थित भइ स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?