काठमाठौं । गुल्मीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिकाबाट तम्घासतर्फ जाँदै गरेको लु१ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार जीपमा सवार ५ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा निधन भएको हो ।
मृत्यु हुनेहरु इस्मा गाउँपालिका-४ हुलका ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, ६५ वर्षीय डम्बर हितान र मालिका गाउँपालिका-५ का ८० वर्षीय थापा र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार जीपमा ९ जना सवार रहेका थिए । त्यस्तै चालक वुद्ध बस्नेत भने सकुसल रहेका छन् ।
दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया