काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सार विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म १४ लाख ३७ हजार ८३५ जनाको मृत्यु भएको छ भने ६ करोड१३ लाख ८ हजार ११६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड २३ लाख ९५ हजार ३५९ जना संक्रमण मुत्त, भएका छन् भने विश्वमा १ लाख ५ हजार १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा हालसम्म १ लाख ३५ हजार ७५२ जनाको मृत्यु भएको छ भने ९३ लाख ९ हजार ८७१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८७ लाख १७ हजार ७०९ जना संक्रमण मुत्तः भएका छन् भने ६लाख ५६ हजार ४१० जनाको उपचार भईरहेको छ ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बिहीवार मात्रै ४३ हजार १७४ जनालाई संक्रमण भएको छ भने ४९१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया