बालिका यौन दुर्व्यवहार कसुरमा तीन महिना जेल

गाईघाट । जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा एक किशोरलाई बिहीवार तीन महिनाको जेल सजायसहित रु १० हजार जरिवाना गर्ने फैसला गरेको छ । बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना जेल सजाय पाउने कसुरदार किशोर जिल्लाकै लिम्चुङबुङ गाउँपालिका–२ ताम्लीछाका १८ वर्षीय अभिषेक खत्री रहेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

खत्रीले गत वैशाख ३० गते स्थानीय १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेका थिए । पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि खत्रीलाई जेठ ८ गते पक्राउ गरेर अनुसन्धान शुरु गरिएको थियो । थुनछेक बहसमा अदालतले खत्रीलाई धरौटीमा छाडेको अदालतले बताएको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले खत्रीलाई बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै तीन महिना जेल र १० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार कार्कीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?