ओलम्पियन विष्ट कोरोना संक्रमित

काठमाडौं । ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट संक्रमित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट संक्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिएका छन् ।

सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन् ।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका थिए । उनकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना संक्रमणबाट मुक्त भएकी छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?