सप्तरी । विद्यापति स्मृति पर्वका अवसरमा आज राजविराजमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा जिल्लाका कविले समयसामयिक गीत, कविता कथा र लघुकथा वाचन गर्नुभयो ।
मैथिली महिला परिषद्का अध्यक्ष शान्ति झाका अध्यक्षतामा सम्पन्न गोष्ठीमा मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष देवेन्द्र मिश्र, उपाध्यक्ष श्यामसुन्दर यादव र सचिव अजय झा, अन्तरराष्ट्रिय मैथिली महिला परिषद्का अध्यक्ष करुणा झा, महिला परिषद्का सल्लाहकार वन्दना मिश्रा, भूपेशकुमार भूप, ध्रुवकुमार मण्डल, कविता साह, रमिला साह, प्रतिमा देवलगायतले आआफ्नो रचना प्रस्तुत गरे ।
कार्तिक त्रयोदशी तिथिमा प्रत्येक वर्ष मनाइने विद्यापति स्मृति पर्व सप्तरीमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने मैथिली साहित्य परिषद्का अध्यक्ष सतिशकुमार दत्तले बताए। परिषद्ले शुक्रवार ‘सप्तरीमा मैथिलीको अवस्थाः वर्तमान र भविष्य’ विषयको खुला निबन्ध प्रतियोगिता तथा शनिवार महाकवि विद्यापतिका स्मृतिमा श्रद्धाञ्जलिसभा तथा पुरस्कार र सम्मान प्रदान गरिने जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया