१५ मङ्सिर २०७८, बुधबार

मुम्बईको रेल स्टेशनमा भागदौड हुँदा कम्तीमा २२ जनाको ज्यान मृत्यु

२०७४,आश्विन,१३,शुक्रवार ११:१८

9
Shares

नयाँ दिल्ली १३ असोज – भारतको आर्थिक राजनीति मानिएको सहर मुम्बईमा शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ ।उक्त भागदौडमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ ।ती घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । भारतीय आर्थिक राजनीति मानिने मुम्बई सहर नजिकैको एक स्थानीय रेल स्टेशनमा रहेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो ।मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको हो । शुक्रबार बिहान करिब १०ः४५ बजे सो भागदौड मच्चिएको थियो ।बिहान पानी परिरहेको थियो । त्यस समयमा उक्त स्टेशनमा रेल चढ्न भिड लागेर बसेका नागरिकमा सो भागदौड मच्चिएको प्रहरीले जानकारी दिएको छ ।भागदौड के कति कारणले मच्चिएको हो भन्ने बारेमा भने केही पनि थाहा हुन सकिरहेको छैन । त्यस समयमा किन त्यसो हुन पुग्यो भन्ने बारेमा आफूले खोजी जारी राखेको प्रहरीले जनाएको छ ।स्थानीय उक्त रेल स्टेशनमा जम्मा भएर रहेका व्यक्तिहरु अकस्मातको ठूलो बर्षापछि ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि त्यहाँ जम्मा भएका सयौँ व्यक्तिबीच भागदौड मच्चिएको थियो ।त्यस क्रममा भूईँमा लडेका व्यक्तिमाथि एकले अर्कोलाई कुल्चिएका थिए । सो क्रममा अहिलेसम्म २२ जनाको ज्यान गएको र अरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।टेलिभिजनहरुले सर्वसाधारण व्यक्तिहरु भूइँमा लडेका, कतिपयले उनीहरुलाई उठाएर अस्पताल लाने तरखर गरेका र कतिपयलाई घटनास्थलमै पानी छम्किएर र प्राथमिक उपचारबाट निको पार्ने कोशिस गरेका दृश्यहरु देखाएका थिए ।स्थानीय नागरिकहरुका अनुसार सो स्थानमा भागदौड मच्चिने क्रममा कम्तीमा पनि ५०० जना बटुवा सो स्थानमा रहेको देखेको बताएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१३,शुक्रवार ११:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी

म्यानमार । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको

रुस । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान

श्रीलंका । श्रीलंकामा यस वर्षको सुरुदेखि अहिलेम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ । प्राप्त समाचारमा श्रीलंका यस

ताजा समाचार

भरूवा बन्दुकसहित एक जना पक्राउ
 २०७८,मङ्सिर,१५,बुधबार ११:३१
सिरहामा सुन र नगदसहित दुई युवक पक्राउ
 २०७८,मङ्सिर,१५,बुधबार ११:२८
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
 २०७८,मङ्सिर,१५,बुधबार ११:१८
जुम्लामा बस दुर्घटना : दुई जनाको मृत्यु
 २०७८,मङ्सिर,१५,बुधबार १०:५२